काठमाडौं । सिटिजन्स बैंकले १२ औँ उत्सवका अवसरमा आफ्ना ग्राहकहरुको लागि बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले यस बचत खाता अन्तर्गत आफ्ना बचतकर्ताहरु लाई १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) सुविधा प्रदान गर्ने भएको छ । यसका साथै बैंकले ७ लाख सम्मको दुर्घटना (मृत्यू) बीमाको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले १३ औँ वर्ष प्रवेश गरेको अवसरमा सो बचत खाता योजना सञ्चालनमा ल्याएको हो । बैंकले ब्याज पनि बीमा पनि नाराका साथमा सो बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रतिकृया दिनुहॊस