मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्टबीच सम्झौता

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले सयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

यस सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकले गरेकोे छ । मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् ।

प्रतिकृया दिनुहॊस