सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३७ हजार ९७ जम्मा गरेको छ ।

बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ को स्थापना गरेको थियो ।

बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट १० लाख जम्मा गरेको थियो । त्यसैगरी, सहयोगी दाताहरूबाट जम्मा भएको रकम सहित कुल रकम १० लाख ३७ हजार ९७  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यको लागि प्रधानमन्त्रीबाट बैंकलाई धन्यवाद ज्ञापन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस