सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको उद्घाटन समारोह सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको  औपचारिक उद्घाटन समारोह २०७६ ।०१ ।०८ गते यू.केको रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ ।

साथै ल्च्ल् यू.केका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा , सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के लिमिटेडका प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन   गरे ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ  साथै छिट्टै नै यू.केबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस