भ्यान दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते

उदयपुर । बेलका नगरपालिका ७ मैनामैनीमा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार राति को १ ज १६१५ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी चन्द्रदेव राईका अनुसार दुर्घटनामा गम्भीर बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षिय चरकुमारी राई गम्भीर घाइते भएका छन्। यसैगरी बेलका ७ की ३२ वर्षीय पिपलकुमारी राई सामान्य घाइते भएकी छिन्।

अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ। उनका अनुसार घाइतेहरूलाई बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री