विदेशी लगानी : ३१ परियोजनामा २५ खर्ब लगानीको प्रस्ताव

काठमाडौँ । लगानी सम्मेलन सम्पन्न भएको एक महिना नपुग्दै २५ खर्ब रुपियाँभन्दा बढीको लगानी प्रस्तावको आवेदन परेको छ । मुलुकको आर्थिक तथा सामाजिक विकाससहित रणनीतिक महत्व राख्ने विभिन्न ३१ परियोजना सञ्चालन गर्न ठूला लगानीकर्ताले औपचारिक आवेदनमा २५ खर्ब रुपियाँभन्दा बढीको प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बोर्डको कार्यालयमा स्वदेशी तथा विदेशी लगानीकर्ताले ती प्रस्ताव दर्ता गराएका हुन् । गएको चैत १५ र १६ गते सम्पन्न नेपाल लगानी सम्मेलनका क्रममा ३० खर्ब रुपियाँभन्दा बढीका परियोजना लगानीका लागि आह्वान गरिएको थियो । अहिले आवेदन परेका ३१ वटा परियोजनामध्ये २६ परियोजना लगानी सम्मेलनमा ‘सोकेश’मा राखिएका परियोजना हुन् भने ‘सोकेश’मा नराखिएका थप पाँचवटा परियाजना सञ्चालनका लागि समेत आवेदन परेको छ । लगानी सम्मेलनमा ७७ वटा परियोजना ‘सोकेश’मा राखिएका थिए ।

बोर्डका अनुसार ३१ वटा परियोजनका लागि प्रस्ताव भने ४८ वटा परेका छन् । लगानी सम्मेलनका क्रममा लगानीकर्तामाझ देखिएको रुचि अब कार्यान्वयनका दिशामा अगाडि बढ्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । “वाह्य क्षेत्रको प्रतिक्रिया अत्यन्तै सकारात्मक पाएका छौँ,” उनले भने, “महत्वपूर्ण र रणनीतिक परियोजना निर्माणका लागि प्रस्ताव आउनुले हामीलाई उत्साहित बनाएको छ ।”

लगानीकर्ताको बढी रुचि यातायातका पूर्वाधारमा देखिएको छ । ठूला लगानी लाग्ने परियोजनामा समेत लगानीकर्ताले प्रस्ताव दर्ता गरेका छन् । अत्यन्तै महत्वका साथ हेरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागिमात्रै छवटा प्रस्ताव परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलसहित सहर नै विकसित गर्ने उक्त परियोजना निर्माणका लागि करिब तीन खर्ब ३० अर्ब रुपियाँ लाग्ने अनुमान छ ।

करिब तीन खर्ब ३० अर्ब रुपियाँ लागत अनुमानको पूर्व पश्चिमविद्युतीय रेलमार्ग निर्माणका लागि पनि एउटा प्रस्ताव परेको छ । काठमाडौँको बाहिरी चक्रपथ, बस ¥यापिड ट्रान्जिट रिङ रोडका लागि चार÷चार वटा प्रस्ताव बोर्डमा आएका छन् । नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नउपयुक्त स्थलसमेत नरहेको अवस्थामा भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको आधुनिक सम्मेलन केन्द्रबनाउन झण्डै एक अर्ब ७५ करोड रुपियाँ लागतअनुमान सहितका दुई प्रस्ताव परेका छन् ।

जलविद्युत्तर्पm पनि महँगा तर महत्वपूर्ण मानिएका परियोजनामा पनि आवदेन परेका छन् । परियोजना ‘सोकेश’मा राखिएका महँगो लागतको एकहजार ११०मेगावाटको सुनकोशी दोस्रो जलविद्युत् आयोजना बनाउनकरिब दुई खर्ब रुपियाँलागत अनुमानसहितको प्रस्ताव बोर्डमा आएको छ । सुनकोसी तेस्रोका लागि पनि प्रस्ताव परेको छ ।

त्यस्तै,एक खर्ब ३३ अर्ब रुपियाँ अनुमानित लागतमा जलाशययुक्त तमोर जलविद्युत् आयोजना बनाउन पनि दईवटा प्रस्ताव बोर्डमा आएका छन् । एकहजार तीनसयमेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना बनाउन एक खर्ब ४३ अर्ब रुपियाँ लागत अनुमानको प्रस्ताव पेश भएको छ ।

लगानीसम्मेलनमा सात क्षेत्रका विभिन्न परियोजना ‘सोकेश’मा राखिएका थिए । । तीमध्ये सबै क्षेत्र समेटिने गरी आवेदन परेको देखिएको छ । यस अनुसार कृषि पूर्वाधारका पाँच परियोजनामा सात, स्वास्थ्य शिक्षाका दुई परियोजनामा दुई, ऊर्जाका सात परियोजनामा आठ, उद्योग पूर्वाधारमा एकमा एक, पर्यटनका तीन परियोजनाका लागि तीन, यातायात पूर्वाधारका नौ परियोजनामा २२ र शहरी विकासका चार परियोजनामा पाँच आवेदन परेका हुन् ।

लगानीसम्मेलन समापनका क्रममा बोर्डले परियोजना प्रस्ताव पेश गर्न वैशाख ७ गतेसम्मको समय सीमा निर्धारण गरेको थियो तर लगानीकर्ताले परियोजना अध्ययन गर्न र प्रस्ताव बनाउन थप समय माग गरेपछि लगानी बोर्डको गत बिहीबार सम्पन्न बैठकले आगामी जेठ ६ गतेसम्म आवेदन गर्न सकिने समय थप गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री