चिनियाँ पनि उस्तैः ठेक्का लिन्छन्, समयमा सक्दैनन, बीचमै छाड्छन्

काठमाडाैँ । चिनियाँ कम्पनीले ठेक्का लिएर आयोजना ओगट्नेदेखि अलपत्र छाडेर जानेजस्ता प्रवृत्तिका सूची लामै छन्। १२ वैशाख ०७२ को भुइँचालोले क्षति पुर्याएको तातोपानी नाका पुनर्निर्माणमा चीन सरकारले यति आलटाल गर्यो कि नेपालले आजसम्म पनि त्यसको मार खेपिरहेको छ।

चीनले नेपालको आवश्यकताभन्दा उसको स्वार्थअनुसारका आयोजनाका सहायतामा जोड दिने गरेको छ। यो खबर आजको नेपाल साप्ताहिकमा योगेश ढकालले लेखेका छन्।

चिनियाँ कम्पनीले नेपालमा ठेक्का लिएर १७ आयोजना अलपत्र परेका छन्।

तातोपानी नाका पुनर्निर्माणको उदासिनताले चिनियाँ आकांक्षाको पर्दा मात्र खुल्दैन, नेपालका आयोजना जिम्मा लिने, तर ढिला गर्ने प्रवृत्ति बढोत्तरी हुँदै गएको देखाउँछन्।

पूर्व सचिव पुरुषोत्तम ओझा पछिल्लो समय चिनियाँ पक्षको काम गर्ने शैलीमा प्रश्न उठ्न थालेको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री