ताप्लेजुङ । तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भने ४ जना घाइते भएका छन् । पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, मोरङकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठ घाइते भएका छन् । घाइते चारैजनाको अवस्था गम्भीर छ ।
तपाईंको प्रतिकृया




