टाटा मोटर्सको ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको आयोजनता तथा म्याक लुब्रिकेन्ट्सको सहकार्य भएको उक्त सार्क स्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए ।

सेवा सल्लाहकार तर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

त्यसैगरी, प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए ।

पुरस्कार वितरण कार्यक्रम काठमाडौँ स्थित होटल याक एण्ड यतिमा भएको थियो । दुवै बर्गका पुरस्कार विजेता तीन-तीनजना प्रतियोगी भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस