महालक्ष्मी विकास बैंकको “मेरो बचत खाता”

काठमाडौं । महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौँ बैंक खाता अभियान २०७६ अन्तर्गत “मेरो बचत खाता” बजारमा ल्याएको छ ।

बैशाख १ गतेदेखि खोल्न सकिने मेरो बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैकले रु.१०० खातामा जम्मा गरिदिने जनाएको छ । साथै बचतमा उच्चतम ७% सम्मको त्रैमासिक ब्याजदर, निःशुल्क चेकबुकलगायत निःशुल्क एबिबिएसको सुविधा दिने बैंकले उल्लेख गरेको छ ।

यस बैंकमा मेरो बचत खाता खोल्ने प्रकृया निकै नै सरल रहेको छ जसमा ग्राहकको नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने छ ।
देशभर ९२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत बैकिङ्ग कारोबार गर्दै आएको यस बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई थप सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस