राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

राजविराज । सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहकाबीच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

आजैदेखि सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री