नक्कली सुनलाई सक्कली भनि ठगी गर्ने एक जना पक्राउ

काठमाडौं ।  काठमाडौं स्वयम्भू बस्ने धादिङ रुविभ्याली गाउँपालिका-४ का २२ वर्षीय वेमान तामाङलाई १ केजी नक्कली सुन सहित प्रहरीले पक्राउ गरेको छ ।
उक्त क्षेत्रमा सुन विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विक्री वितरण गर्न ग्राहक कुरिरहेको अवस्थामा उक्त नक्कली सुन सहित तामाङलाई फेला पारी नियन्त्रणमा लिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप