लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित चार जनाकाे मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ।

त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको हाे। समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो।

त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको छ। यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ। हेलिकप्प्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएका प्रारम्भिक जानकारी आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस