लहान । लागुऔषध कारोबारमा संलग्न उदयपुरका एक युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुरको गढी गाउँपालिका–७ का २६ वर्षीय भरत तामाङलाई लहान नगरपालिका– ३ स्थित ठाडी चोकबाट नियन्त्रणमा लिइएको हो।
बिहीबार राति करिब १० बजे शंकास्पद अवस्थामा भेटिएका तामाङलाई चेकजाँच गर्दा फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाइजिल्याब ६० एम्पुल, नाइट्रोजन ७५ चक्की लगायतका लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
तामाङलाई लागुऔषध मुद्दा अन्तर्गत आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहॊस