खुम्बुमा लेक लागेर एकजना भरियाको ज्यान गयो

सोलुखुम्बु । खुम्बु क्षेत्र गएका पर्यटकका एकजना भरियाको लेक लागेर ज्यान गएको छ । महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कुलुङको खुम्बुपासाङल्हामु गाउँपालिका–४ थुक्लामा रहेको अमरबहादुर राईको होटलमा ज्यान गएको हो । हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रुपमा नाम्चेबाट सगरमाथा आधार शिविर जाने क्रममा लबुचे पुग्दा उनी बिरामी भएका थिए ।

गएको बिहिबार नै कुलुङको ज्यान गएको भए पनि शनिबार मात्रै प्रहरी घटनास्थल पुगेको सोलुखुम्बु प्रहरीले जनाएको छ । बिहीबार नाम्चेबाट गएको प्रहरी टोली शनिबार घटना स्थल पगेको थियो । हिमपात भएका कारण शवको उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस