काठमाडौंमा बिहानैदेखि वर्षा, पूर्व र मध्य तराईमा हुरी चल्ने सम्भावना

काठमाडाैँ । शनिबार बिहानैदेखि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ।

शनिबार मुलुकका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने देखिएको महाशाखाले जनाएको छ। छिनमै पानी पर्ने र लगत्तै घाम लाग्ने देखिएको मौसमविद्ले बताएका छन्।

पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना छ। सुरक्षित हुन महाशाखाले आह्वान गरेकाे छ। साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ।

मौसमविद्का अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री