आईपीएलमा कोलकाताको तेस्रो जित, बैंङ्लोर लगातार पराजित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ । गएराति भएको रोमाञ्चक खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ५ विकटले हराउँदै तेस्रो जित हात पारेको हो ।

बैंङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको बैंङ्लोरले दिएको २ सय ६ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा आन्द्रे रसेलले आक्रमक ब्याटिङ गरे । रसेलले मात्र १३ बलमा अविजित ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरेका थिए ।

यस्तै क्रिस ल्यानले ४३, नितिस रानाले ३७ तथा रोबिन उथप्पाले ३३ रन बनाए ।

कप्तान दिनेश कार्तिक १९ रनमा आउट हुँदा सुनिल नारिनेले १० रन जोडे । बैंगलोरका नाब्दिप साईनी र पवन नेगीले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बैंङ्लोरले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

बैंङ्लोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८४ तथा डी भिलियर्सले ६३ रनको योगदान दिए ।

कोलकत्ताविरुद्धको खेलसँगै कोहलीले टी–ट्वेन्टी क्रिकेटमा ८ हजार रन पुरा गरेका छन् ।

यस्तै कोहली टी–ट्वेन्टी क्रिकेटमा ८ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बने । कोहली अघि सुरेश रैनाले ८ हजार रन पुरा गरेका थिए ।

यस्तै मार्कुस स्टोईनिसले अविजित २८ तथा अक्षर पटेलले २५ रन बनाए ।

कोलकाताका सुनिल नारिने, कुलदीप यादब र नितिस रानाले समान १/१ विकेट लिए । जितसँगै कोलकाताले ४ खेलमा ६ अंक जोडेको छ ।

कोलकाता दोस्रो स्थानमा छ । बैंङ्लोरको भने यो लगातार पाँचौ हार हो ।

जारी सिजन बैंङ्लोर जित निकाल्न नसक्ने एक्लो टोली हो । पाँच खेल गुमाएको बैंङ्लोर लिगको पुछारमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस