आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब रकम जम्मा

काठमाडौं । नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार करोड ७९ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ विनियोजन गरेको हो ।

निगम सञ्चालक समितिको अध्यक्ष तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बिहीबार सम्पन्न ३७ औँ वार्षिक साधारणसभाले प्रतिवेदन पारित गरेको ेछ ।

आर्थिक वर्ष ०७५ ७५ सहित नेपाल आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा भएको छ । सरकारले गत चार आर्थिक वर्ष निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लागएको पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds