आँधी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आँधीबाट पीडितहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

बारा तथा पर्सामा विध्वंसकारी आँधीले अपुरणीय क्षति पुर्याएकोमा बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितका राहत सामाग्री हस्तान्तरण गरेको छ । बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ  ।

उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले मिति हस्तान्तरण गरे । सो अवसरमा संचालक  प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता …

प्रतिकृया दिनुहॊस