सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा वैशाख १२ गते बस्ने

काठमाडौं ।  सेञ्चुरी कमर्सियल बैंकले वैशाख १२ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले ८ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

बैंकले ४ दशमलव ५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव सहित वार्षिक साधारण सभा आवहान गरेको हो ।बैंकको हालको चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँ छ । २ प्रतिशत नगद लाभांश वितरण भएमा बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।वार्षिक साधारणसभाका लागि बैंकले चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप