राहत लिएर तराई झरे धुर्मुस, पीडित ४०० परिवारलाई वितरण

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बाराको फेटा गाउँपालिका–६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्‍याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद साहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।

पीडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यान्न वितरण गरिएको धुर्मुसको भनाइ छ ।

प्रभावित क्षेत्रका अधिकांश घर हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ ।

सुरक्षाकर्मीहरुसँग मिलेर धुर्मुस उद्धार कार्यमा समेत खटिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस