काठमाडौं । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ । भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थालेका छन् । नयाँ भिसाका लागि प्रक्रिया सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।
स्वास्थ्य परीक्षणका लागि मलेसियाले नयाँ मापदण्ड पठाएपछि सरकारले गृहकार्य गरेर मापदण्ड पुग्ने संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । जेठदेखि रोकिएको मलेसिया रोजगार अब खुल्ने अन्तिम चरणमा पुगेकामा व्यवसायीसमेत खुसी देखिन थालेका छन् ।
प्रवक्ता डा।नारायण रेग्मीले मलेसियाले पठाएको मापदण्डका आधारमा सरकारले सूचना जारी सूचीकृत हुन आह्वान गरेको जानकारी दिए । रेग्मीका अनुसार यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ वटा बायोमेट्रिक संस्थासमेत सूचीकृत हुन पाउँछन् । ‘मापदण्ड पुग्ने सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्’, उनले भने । देशभर दुई सयभन्दा बढी स्वास्थ्य परीक्षण गर्ने संस्था छन् ।
कलिङ भिसा सुरु भएसँगै करिब सात हजार कामदार मलेसिया आइतबारदेखि जान थालेका छन् । ‘आइतबारदेखि नै कलिङ प्राप्त कामदार जान थालिसकेका छन्’, उनले भने, ‘केही दिनभित्र कलिङ भिसा सबै जाने छन् ।’ अलमल र अश्चित अवस्थामा रहेका कामदार मलेसिया जान पाउने निर्णय भएसँगै खुसी देखिएका छन् । सिरहाका रोकश बर्मा सेक्युरिटी भिसामा मलेसिया जान पर्खेको छ महिनाभन्दा बढी भइसक्यो ।
भदौमा कलिङ भिसा प्राप्त गरेका उनी जान नपाउँदा तनावमा थिए । सरकारले कलिङलाई खुला गरेसँगै उनी मलेसिया जाने तयारीमा जुटेका छन् । उनले सेक्युरिटी कम्पनीमा काम गर्दा खानासहित ६० हजार रुपैयाँ पारि श्रमिक पाउने तय भएको बताए । अन्नपूर्ण पोस्टबाट ।
प्रतिकृया दिनुहॊस