उत्कृष्ट मोडलको अर्वाड राज लुईटेललाई

काठमाडौँ । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलको हातमा पारेको छ ।

गायक स्वरुपराज आचार्यको आवाजमा रहेको मृत्यु पछि बोलको गीतको म्यूजिक भिडियोबाट राजले यस वर्षको नाट्यश्वर म्यूजिक अवार्डमा आधुनिक विधामा वर्षको उत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको थियो ।भारतको एसिएस मिडिया तथा नायर ईण्डियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित लुइँटेल भर्खरै मात्र थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ तथा नेशनल बोस्टर म्यूजिक अवार्डमा पपुलर मोडलको अवार्ड तथा हालै ईजिप्टको अलेक्जेण्ड्रियामा एमएसएन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप