????????????????????????????????????

नबिल बैंककाे नयाँ योजना, ३.९४% दरमा १५ लाख र ९.९९% मा डेढ करोडसम्म कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । नबिल नारी अन्तर्गत बैंकले नबिल प्रिमियम नारी बचत खाता र नबिल नारी कर्जाका साथै साना तथा मझौला कार्यक्रमअन्तर्गत महिलाद्वारा सञ्चालित साना व्यवसाय कर्जाको बिहीबार सार्वजनिक गरेको हो ।

नबिल बैंकले महिला बचत खातामा ४.५ प्रतिशत ब्याजदर दिने भएको छ । उक्त खाता अन्तर्गत क्रेडिट कार्ड, डिमान्ड ड्राफ्ट, लकर लगायतका सुविधा लगायतका सुविधा उपलब्ध हुने बैंकले जनाएकाे छ । कर्जाको ब्याजदर भने १५ लाखको सीमासम्म भए ३.९४ प्रतिशत र सो भन्दा बढी १ रोड ५० लाखसम्म भए ९.९९ प्रतिशतसम्म ब्याजदरमा प्रदान गरिने बताइएको छ । नारी कर्जाको न्यूनतम सीमा भने ५ लाख तोकिएको छ ।

नबिलले सार्वजनिक गरेको कर्जा योजनामध्ये नबिल नारी कर्जाका लागि आवेदन दिएका आवेदकले ५ कार्यदिनभित्र निर्णय गरिसक्ने बैंकले जनाएको छ । यो ऋण आवेदनका लागि कुनै पनि साझेखारी संस्था भए कम्तीमा ५० प्रतिशत हिस्सा महिलाको भएको र कम्पनी संरचनाको संस्थामा कम्तीमा ५१ प्रतिशत होल्डिङ महिलाको हुनुपर्ने अनिवार्य शर्तको व्यवस्था गरिएको छ ।

३.९४ प्रतिशत ब्याजदरको १५ लाखसम्मको कर्जाका लागि भने २१ कार्यदिनसम्म समय लाग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए । यो कर्जा परियोजनाको धितोमा आधारित हुनेछ । यसमा सरकारले तोकेको ६ प्रतिशत ब्याज अनुदान उपलब्ध हुने भएकाले यो कर्जा सस्तो हुन गएको हो ।

बैंकले नायिका प्रियंका कार्कीलाई नबिल नारीका रुपमा प्रस्तुत गर्दै उक्त बचत तथा कर्जा योजना ल्याएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकलाई धनाढ्यहरुको मात्रै बैंक नभई आम जनताको बैंक बनाउन यस्ता स-साना बचत तथा कर्जा कार्यक्रम ल्याएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सातै प्रदेशमा ‘प्रदेश विशेष कृषि कर्जा’ योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली कृषि क्षेत्रको प्रवर्द्धन गर्दै सातै प्रदेशमा लागू हुने ‘प्रदेश …

प्रतिकृया दिनुहॊस