यस्तो छ स्वास्थ्य परीक्षण गर्ने संस्थाका लागि मलेसियाले पठाएको मापदण्ड

काठमाण्डौ । आफूले लाने कामदारका लागि मलेसियाले नेपाललाई पठाएको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड सरकारले सार्वजनिक गरेको छ । नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मादपण्ड आफैं बनाउने उल्लेख भए अनुसार मलेसियाले स्वास्थ्य संस्थाका लागि नयाँ मापदण्ड पठाएको हो ।

मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका लागि पठाएको नयाँ मापदण्ड श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो । मलेसियाले पठाएको मापदण्ड अनुसार नै कामदारको स्वस्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थालाई केही दिनभित्रै सूचीकृत हुन आह्वान गरिने मन्त्रालयले जनाएको छ।

बुधवार मात्रै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि मन्त्रालयले आह्वान गरेको थियो । ‘बुधबार सार्वजनिक गरिएको सूचना सबै देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाका लागि हो,’ वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिब दिपक ढकालले उज्यालोलाई भने, ‘यसरी सूचीकृत भएका संस्थाहरु मध्येबाट मलेसियाले तोकेको मापदण्ड पूरा गर्नेहरुले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । ’

तर स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि छुट्टै सूचीकृत हुन पर्नेछ । सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वस्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने पनि ढकालले जानकारी दिए ।

यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण  ३९ वटा स्वास्थ्य संस्थाले गर्दै आएका थिए । तर ती स्वास्थ्य संस्थाले अनियमित रुपमा रकम असुलेको भन्दै मन्त्रालयले कारबाही गरेको थियो । नयाँ मापदण्ड अनुसार सूचीकृत भएमा ती स्वास्थ्य संस्थाले पनि स्वास्थ्य परीक्षणको अनुमति पाउने ढकालले जानकारी दिए।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।

मलेसियाले पठाएको स्वास्थ्य परीक्षणको मापदण्ड यस्तो छ

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after