पोआओ । चाइना डेभलपमेन्ट बैंक (सीडीबी) ले चीनको बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) योजनालाई १ खर्ब ९० अर्ब डलरभन्दा बढी रकम प्रदान गरेको छ । सन् २०१३ देखि शुरू भएको यो योजनाको ६ सयभन्दा बढी परियोजनाका लागि सीबीडीले उक्त रकम प्रदान गरेको हो । बुधवार सीबीडीका अध्यक्ष चङ चिच्येले पोआओ फोरममा यस्तो बताएका हुन् ।
सन् २०१८ को अन्तिमसम्ममा सीडीबीको बीआरआई अन्तर्गतको अन्तरराष्ट्रिय व्यवसाय १ खर्ब ५ अर्ब डलर पुगेको थियो । यो बैंकको समग्र अन्तरराष्ट्रिय व्यवसायको ३४ प्रतिशत हो । बीआरआई चीनको विदेश नीतिका लागि सबैभन्दा महत्त्वपूर्ण योजना हो । एजेन्सी
तपाईंको प्रतिकृया



