पानामासँग बराबरीमै रोकियाे ब्राजिल

काठमाडाैँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्व विजेता ब्राजिलले पानामासँग एक–एक गोलको बराबरी खेलेको छ । पोर्टोमा भएको खेलमा ब्राजिलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ३२ औं मिनेटमा लुकास पाक्विटाको गोल मार्फत ब्राजिलले अग्रता बनाएको थियो ।

तर सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ३६ औं मिनेटमा माचादोले पानामाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसपछि ब्राजिलले गोलका लागि थुप्रे अवसर पाए पनि पानामाको डिफेन्स र गोलकिपर बचाए । स्टार खेलाडी नेइमार विना नै मैदानमा उत्रिएको ब्राजिलले ५ वटा मौकामा अरु गोल गर्न सकेन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस