ग्रीन डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने, चैत २८ मा बोलायो एजीएम

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको छ । ग्रीनले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।
यस्तै, सञ्चालक समितिको प्रतिवेदन र  आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । साधारण सभा गर्न बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
हाल ग्रीनको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ८६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds