दाङ । दाङमा बनाना कटेजमा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको छ । बुधबार राति लमही–३ ठिकुलिगढ नजिक रहेको कटेजमा आगो लागेको हो । भान्छाबाट आगो लागेको पसल सञ्चालक शिशिर केसीले जानकारी थिए ।
‘आगलागी कसरी भयो थाहा भएन । एक्कासी भान्साबाट आगो सल्किन सुरु भयो । आँखा अगाडि सबै जलेर खरानी भयो’ केसीले भने ‘कटेज भित्रका सबै सामान जलेर खरानी भयो । शिलिण्डर समेत पड्कियो, नगद पनि बचाउन सकिन ।’
कटेजमा लागेको आगो दमकल, स्थानिय बासिन्दा र प्रहरीको सकृयतामा नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
तपाईंको प्रतिकृया




