काठमाडौं । नेपालको शेयर बजारलाई अनलाइन कारोबार गराउने उद्देश्यले सञ्चालन गरिएको अनलाइन कारोबार प्रणालीमा दैनिक जसो समस्या आउने गरेका छन् । नेपाल स्टक एक्स्चेञ्जले पूर्ण रुपमा अनलाइन कारोबार गर्ने प्रणाली तयार भयो भनिरहदा लगानीकर्ताहरुले अर्को त्रुटि भेटेको गुनासो गरेका छन् ।
पूर्वरुपमा अनलाइन भनेको अनलाइन चलाउन मिल्ने सबै प्रविधिमा सञ्चालन गर्न मिल्ने हुनु हो एक शेयर बजारका लागनीकर्ताले बताए । उनका अनुसार हाल शेयर बजारमा पूर्वरुपमा अनलाइन भनिएको अनलाइन प्रणाली एन्डोइड फोनहरुमा चले पनि आइओएस प्रविधिमा भने नचलेको बताए ।
आइओएसमा शेयर कारोबारको प्लटफर्म खुलेपनि खरिद र बिक्रि अडर भने राख्न नमिल्ने भएको ती शेयर लगानीकर्ताले बताए । उनले भने अब आइफोन बोक्नेले चाहि अनलाइन शेयर कारोबार नगर्ने त ?
तपाईंको प्रतिकृया




