कपिलवस्तुमा सवारी दुर्घटना एकको मृत्यु तीन घाइते

कपिलवस्तु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।

आइतबार राती मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीय कमला बस्यालको मृत्यु भएको  प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षिय सन्दीप पोख्रेल र कपिलबस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको …

प्रतिकृया दिनुहॊस

This will auto close after