ट्रकमा ट्रक ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

नवलपरासी ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा बिग्रिएर रोकेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। दाङका १८ वर्षीय अनराम रुखालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका ३० वर्षीय सुदीप राई र २३ वर्षीय विनोद लामाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। कावासोती खरबट्टा जंगलमा बिग्रिएर रोकेर राखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रक  ठोक्किएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds