चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको पुस २७ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर जम्मा भएको हो । भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा कम्पनीको शेयर अभौतिकरण गराए पश्चात शेयरधनीको खातामा जम्मा हुनेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री