टेलिकम कम्पनीले फागुनभित्र तिरेनन् ३ अर्ब बक्यौता

काठमाडौं । टेलिकम कम्पनी तथा इन्टरनेट सेवाप्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता तिर्न अटेर गरेको देखिएको छ । प्राधिकरणले फागुन मसान्तभित्र बक्यौता रकम तिर्न अल्टिमेटम दिँदै अनुमतिपत्र नै खारेज गरिदिने चेतावनी दिए पनि सेवाप्रदायक कम्पनीले त्यस्तो निर्देशनलाई बेवास्ता गरेका छन् । प्राधिकरणका अनुसार फागुन मसान्तसम्म तीन ठूला टेलिकम कम्पनी र भिस्याट तथा इन्टरनेट सेवाप्रदायकको गरी तीन अर्ब १३ करोड रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ ।

संसद्को अर्थ समितिको निर्देशनअनुसार फागुन १० गते प्राधिकरणमा बसेको बोर्ड बैठकले सरकार र प्राधिकरणलाई तिर्न बाँकी रकम नतिर्ने कम्पनीलाई फागुन मसान्तभित्र रकम तिर्न मौका दिँदै सो समयसम्म पनि नतिरेमा खारेज गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार बक्यौता नबुझाउने स्मार्ट टेलिकम, युनाइटेड टेलिकम, नेपाल स्याटेलाइट टेलिकम र अन्य भिस्याट तथा इन्टरनेट सेवाप्रदायकलाई फागुन १२ गते आइतवार प्राधिकरणले पत्र पठाई रकमका लागि अन्तिम पटक ताकेता गरेको थियो । तर टेलिकम कम्पनी र इन्टरनेट सेवाप्रदायकहरूले उल्टै रकम बुझाउन नसक्ने भन्दै प्राधिकरणलाई पत्र लेखेका छन् । प्राधिकरणले आप्mनो निर्णयअनुसार बक्यौता नतिर्ने कम्पनी खारेज गर्नुपर्छ या सेवाप्रदायकले मागेको समय थपिदिनुपर्ने हुन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले फागुन मसान्त सम्मको बक्यौता उठाउन ६० पटक भन्दा बढी ताकेता प्राधिकरण स्रोत नै बताउँछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री