झापामा ग्यास सिलिण्डर लिक भएर आगलागी, ६ जना घाइते

झापा । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् ।

सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिकि भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्राकुमारी यादव घाइते भएका हुन् ।

उनीहरुको ओमसाइ पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस