काठमाडाैँ । कामना सेवा विकास बैंकले झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा ६९ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराए ।
हालसम्म बैंकले ६८ वटा शाखा कार्यालय तथा २० एटिएम मार्फत आफना गा्रहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
तपाईंको प्रतिकृया




