यी हुन् महिलालाई पुरुषसमान अधिकार दिने विश्वका ६ देश

काठमाडाैँ । विश्वका १८७ देशमध्ये ६ वटाले मात्र महिलालाई पुरुषसरह अधिकार दिएका छन्। विश्व बैंकले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

वासिङ्टनमा मुख्य कार्यालय रहेको विश्व बैंकले १० वर्षको तथ्यांक आर्थिक र कानुनी असमानता लगायत आवतजावतमा रहेको स्वतन्त्रता, मातृत्व, घरेलु हिंसा र सम्पत्ति व्यवस्थापन अधिकारजस्ता विषयको आधारमा जाँच गरेको थियो।

उक्त अध्ययनपछि विश्व बैंकले सार्वजनिक गरेको ‘विमन विजनेस एन्ड ल’ अर्थात् महिला व्यवसाय र कानुन शीर्षकको प्रतिवेदनमा बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जमबर्ग र स्वीडेनमा मात्र ती क्षेत्रमा महिला र पुरुषलाई समानता रहेको पाइएको उल्लेख गरिएको छ।

विश्वव्यापी रुपमा पुरुषको तुलनामा महिलाले ७५ प्रतिशत मात्र अधिकार उपभोग गर्न पाउँछन्।

कुन्–कुन् देशमा महिला–पुरुष समानता कति छ? प्रतिशतमा   (स्रोतः विश्व बैंक)

बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जमबर्ग र स्वीडेन १००%

अष्ट्रिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, युनाइटेड किङडम ९७.५५%

अष्ट्रेलिया, आइसल्याण्ड, सर्विया ९६.८५%

पेरु ९५.५%

जर्मनी, मरिसस ९१.८५%

इक्वेडर ८९.३५%

युनाइटेड स्टेट्स अफ अमेरिका ८३.७५%

ब्राजिल ८१.८५%

चीन ७६.२५%

रुस ७३.१५%

भारत ७१.२५%

इन्डोनेसिया ६४.३५%

बंगलादेश ४९.३५%

पाकिस्तान ४६.२५%

इरान ३१.२५%

साउदी अरेबिया २५.६५%

विश्व ब्याङ्कका अनुसार गत दशकमा १३१ वटा मुलुकले २७४ वटा सुधारवादी कानुनहरू कार्यान्वयनमा ल्याएका छन् जसले लैंगिक समानता बढाएको छ।

(बीबीसीकाे सहयाेगमा)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री