रिजालको ‘पिपलडाँडे ठिटो’ बजारमा

काठमाडौं । कलाकार तेज रिजालको नयाँ लोक दोहोरी गीत ‘पिपलडाँडे ठिटो’ बजारमा आएको छ।

सिन्धुपाल्चोक घर भई हाल मलेसियामा काम गर्दै आइरहेका रिजालको यो दोस्रो गीत हो। सिन्धुपाल्चोकको वस्तुस्थितिलाई समेटिएर बनाइएको उक्त गीतमा लोकदोहोरी गायिका गीतादेवी र रिजालको स्वर रहेको छ।

गीतमा गायक रिजालकै शब्द रहेको छ भने संगीत गीतादेवीकै रहेको छ। गीतको भिडियोमा सञ्जीव ठकुरी र सिर्जना किराँतीले अभिनय गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप