टीकापुर घटना :सांसद रेशम चौधरीलाई जन्मकैद

धनगढी । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै  जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको  मृत्यु  भएको  थियो।

टीकापुर घटनाका मुख्य आरोपीका रूपमा रहेका रेशम चौधरी घटनापश्चात् भूमिगत अवस्थामै कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा निर्वाचित भएका थिए। निर्वाचित भएको एक वर्षपछि उनलाई सपथ ग्रहण गराइएको थियो। हाल उनी कारागारमा छन्।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिनामंगलको होटलमा युवा-युवती मृत भेटिए

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत्त अवस्थामा फेला परेका छन् । होटल जन्मभूमिको …

प्रतिकृया दिनुहॊस