काठमाडाैँ । हाल विश्वमा हरेक ४ परिवारमध्ये १ परिवार र ११ जना वयस्कमध्ये १ जना मधुमेहबाट संक्रमित भएको पाइएको छ। जसमा ९.१ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला संक्रमित रहेका छन् । हालसम्म पत्ता लागेको तथ्याङ्कको ८५ देखि ९० प्रतिशत मधुमेह २ पाइएको छ। न्यून र मध्यमस्तरको आम्दानी भएका एसियाली तथा अफ्रिकी मुलुकमा बढी देखिएको छ।
मधुमेह कति प्रकारका हुन्छन्? : जनस्वास्थ्य समस्याका रुपमा रहेका मधुमेह वा चिनीरोग तीन प्रकारका हुन्छन्। मधुमेह १, मधुमेह २, जेस्टेसनल र अन्य मधुमेह। तर मधुमेह १ र मधुमेह २ गम्भीर प्रकारका मधुमेह हुन्।
१. मधुमेह १ मा शरीरको प्रतिरक्षा प्रणालीले प्याङ्क्रियामा भएका इन्सुलिन उत्पादन गर्ने कोषलाई नष्ट गरिदिन्छ। यसरी कोष नष्ट भएको प्याङ्क्रियाले इन्सुलिन उत्पादन गर्न सक्दैन। यो मधुमेह १ ले जुनसुकै उमेरका व्यक्तिमा देखिन्छ, तर सामान्यतया यसले बालबालिकालाई समेत संक्रमण गर्दछ। त्यसकारण मधुमेह १ लागेका व्यक्तिले जीवित रहिरहन जीवनभर हरेक दिन इन्सुलिन लिनु पर्दछ।
२. मधुमेह २ लागेका व्यक्तिको शरीरको इन्सुलिन उत्पादन तथा उपयोग गर्ने क्षमता ह्रास हुन्छ। यसले जुनसुकै उमेरका व्यक्तिलाई आक्रमण गर्न सके तापनि खासगरी वयस्क वा वृद्धलाई आक्रमण गर्दछ। शारीरिक व्यायाम र खानाको सन्तुलनबाट यसलाई नियन्त्रण गर्न सकिन्छ। यदि समयमै ध्यान पु¥याएमा यो मधुमेह ८० प्रतिशत निको हुन्छ।
३. जेस्टेसनल मधुमेह हरेक २५ जना गर्भवती महिलामध्ये १ जनामा देखिन्छ र शिशु जन्मेपछि आफैं हराउँछ। गर्भावस्थामा देखिएको जेस्टेसनल मधुमेहले पछि ती महिलालाई मधुमेह २ ले आक्रमण गर्नसक्ने सम्भावना भने रहन्छ।
मधुमेहले कसलाई बढी आक्रमण गर्न सक्छ? : मधुमेह लागेकाबाट जन्मेका सन्तति, ४५ वर्ष उमेर नाघेका व्यक्ति, धेरै मोटोपना भएका, शारीरिक व्यायाम नगर्ने, कुनै खास जाति र उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिलाई मधुमेह रोग लाग्ने उच्च जोखिम हुन्छ।
मधुमेहका बिरामीलाई देखिने स्वास्थ्य समस्या केके हुन्? : मधुमेह रोग लागेका व्यक्तिहरुमा खास स्वास्थ्य समस्यामध्ये मुटुसम्बन्धी रोग, मष्तिस्कघात, मिर्गौला, आँखा, दाँत, स्नायुमा हुने जटिल क्षति र खानपान सम्बन्धित समस्या प्रमुख हुन्।
मधुमेह रोगका चिह्न र लक्षण केके हुन्? : मधुमेहमा देखिने चिह्न र लक्षणमध्ये बढी तिर्खा लाग्नु, पानी कम पिए तापनि बढी पिसाब लाग्नु, बढी भोक लाग्नु, काम वा व्यायाम नगर्दा पनि थकाइ बढी लाग्नु, आँखा तिरीमिरी देखिनु, हात तथा खुट्टा झमझम गर्नु वा शून्य लाग्नु, उपचार गर्दा पनि घाउ निको नहुनु तथा विनाकारण तौल घट्नु प्रमुख हुन्।
मधुमेह २ का जोखिमपूर्ण तत्वहरु केके हुन्? : असाधारण 18 (मनपरी अनावश्यक खाद्यपदार्थ उपभोग गर्ने), मधुमेहका बिरामीबाट जन्मेका सन्तति, बढी उमेर (४५ वर्षभन्दा माथिका), शारीरिक व्यायाम नगर्ने, उमेरअनुसार बढी तौल भएका वा असामान्य तरिकाले तौल बढेका, उच्च रक्तचाप भएका, मष्तिस्कघात भएका, रगतमा उपयोगी एचडीएल कोलेस्टेरोल कम भएका वा बढी ट्रिग्लिसराइड भएका, डिप्रेसनमा रहेका र गर्भावस्थामा जेस्टेसनल डाइबिटिज भएका महिला उच्च जोखिमपूर्ण तत्व भएका मानिन्छन्।
मधुमेहको रोकथाम कसरी गर्ने?
मधुमेह जटिल नसर्ने रोग भए तापनि निम्न सकारात्मक र नियमित उपायबाट मधुमेहको रोकथाम तथा नियन्त्रण गर्न सकिन्छः
– मधुमेहका बारेमा जानकारी राख्नु पर्दछ र मधुमेह लागिहालेमा पनि नियन्त्रणमा राख्नेतिर ध्यान दिनु पर्दछ।
– दिनहुँ सबै काम छोडेर शारीरिक व्यायाम गर्नु पर्दछ। बिहान उठेर कम्तीमा आधा घन्टा छिटोछिटो हिंड्नु पर्छ। अरु व्यायाम पनि गर्न सकिन्छ र दिनभरि केही न केही काम गरिरहनु राम्रो हुन्छ।
– बढी भएको तौल घटाउनै पर्छ र उमेरअनुसार तौल ठिक्क कायम राख्नु पर्दछ।
– सकेसम्म सधैं र अचानक कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नु पर्दछ।
– मधुमेहलाई स्वस्थकर खानपान अत्यन्त आवश्यक पर्दछ। पियास लागेमा पानी पिउने तर चिसो पेय पदार्थ पिउनु हुँदैन।
– सूर्तिजन्य पदार्थको सेवन गर्नु हुँदैन। यदि गरिरहेको भए छोडिहाल्नु पर्दछ। सूर्तिजन्य पदार्थले मधुमेहका साथै रक्तचाप, खराब कोलेस्टेरोल प्रवाह गरी रक्तसञ्चारमा धेरै हानि पु¥याउँछ।
– कम्तीमा ३–३ महिनामा रगतमा ग्लुकोजको मात्रा र रक्तचाप मापन गर्नु पर्दछ। यदि रक्तचाप र रगतमा ग्लुकोज बढी देखिएमा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्न आलटाल र अल्छी गर्नु हुँदैन।
– इन्सुलिन लिने गरेका मधुमेह १ का बिरामीले नियमित रुपमा इन्सुलिन लिन छोड्नु हुँदैन। यदि अन्य कुनै स्वास्थ्य समस्या भएको अवस्थामा पनि इन्सुलिन लिइराख्नु पर्दछ।
– स्वस्थकर खाना खानु पर्दछ। किनभने मधुमेहलाई खानेकुरामा आधारित रोग पनि भनिन्छ।
मधुमेहका बिरामीले कस्तो खाना खानु पर्दछ?
– कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ । किनभने एचडिएल कोलेस्टेरोल बढी भएका तर एलडिएल कोलेस्टेरोल भने विल्कुलै न्यून भएका खानेकुरा खानु पर्दछ।
– रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।
– सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।
– दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।
– पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।
– पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ।
– सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।
मधुमेहका बिरामीले कस्तो खाना खानु हुँदैन?
– बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा खानु हँुदैन।
– पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन।
– अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन।
– सूर्तिजन्य र लागू पदार्थ सेवन गर्नु हुँदैन।
– अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन।
मधुमेहको रोकथाममा स्वास्थ्य प्रवद्र्धन : अमेरिकामा यस वर्ष नोभेम्बर मधुमेह नियन्त्रण महिना र नेपालमा फेब्रुअरी महिनालाई आयोडिन प्रवद्र्धन महिना मनाएजस्तै नेपालमा पनि नोभेम्बरलाई मधुमेह नियन्त्रण प्रवद्र्धन महिना मनाउनु पर्दछ। किनभने आजसम्म विश्वका हरेक ३ जनामध्ये २ जनालाई मधुमेहका बारेमा जानकारी छैन।
नेपालमा मधुमेहलाई त्यति जटिल समस्याको रुपमा लिइएको पाइँदैन। तर बढ्दो सहरीकरण, पश्चिमी मुलुकको 18को देखासिकी, सन्तुलित खाद्यपदार्थको अभाव तर कुपोषित, बजारिया नक्कली खानेकुराको प्रचलनका कारण थुप्रै नेपाली मधुमेहको शिकार भएका हुन सक्छन्। त्यसकारण राजधानीका ठूला होटलमा मात्र होइन, हरेक टोल, गाउँका समुदायस्तरसम्म मधुमेह र यसको रोकथाम र नियन्त्रणमा निम्नानुसारका स्वास्थ्य प्रवद्र्धन गर्नु पर्दछः
– मधुमेह नियन्त्रण गर्न व्यायाम, दौड तथा खेलकूद कार्यक्रम गर्नु पर्दछ।
– नोभेम्बर महिनाभर मधुमेह नियन्त्रण प्रवद्र्धन महिना मनाउनु पर्दछ।
– समुदायस्तरसम्म ¥यालीको आयोजना÷कार्यक्रम गर्नु पर्दछ र यस्ता कार्यक्रममा महिलाको अत्यधिक सहभागिता हुनु पर्दछ। मधुमेह नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
– विद्यालयदेखि उच्च शिक्षास्तरसम्म मधुमेहसम्बन्धी प्रतियोगितात्मक विभिन्न कार्यक्रम आयोजना गर्नु पर्दछ।
– मधुमेह नियन्त्रणमा कार्यशाला गोष्ठी, सेमिनार तथा अन्य चेतनामूलक कार्यक्रम गर्नु पर्दछ।
– मधुमेह नियन्त्रणसम्बन्धी जनचेतना जगाउन व्यापक सूचना, शिक्षा तथा सञ्चार सामग्री वितरण गर्नु पर्दछ। साथै आम सञ्चारमाध्यममा समेत सूचना, शिक्षा तथा सञ्चार सन्देश प्रकाशन तथा प्रसारण गर्नु पर्दछ।
– यसवर्ष मधुमेह दिवसमा निलो रङलाई पछ्याउने आह्वान भएजस्तै निलो, हरियो वा पहेंलो रङको लोगो प्रयोग गरी अत्यधिक मात्रामा जनचेतना अभिवृद्धि गर्नु पर्दछ।
– मधुमेह रोकथाम तथा नियन्त्रणसम्बन्धी संघीयदेखि सम्पूर्ण स्थानीयस्तरमा स्वास्थ्य प्रवद्र्धनलाई अभियानका रुपमा चलाउनु पर्दछ।




