पाँच गन्तव्यको सम्भाव्यता अध्ययन गर्दै नेपाल एयरलाइन्स

काठमाडाैँ । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका लागि सम्भाव्यता अध्ययन अघि बढाएको छ। उडान विस्तार गर्न भन्दै एयरलाइन्सले विभन्न पाँच गन्तव्यको व्यापारिक सम्भावनाको अध्ययन अघि बढाएको हो।

अहिले मलेसिया, कतार, युएई, हङकङ, बैंकक, भारतको नयाँ दिल्ली, बैंगलोर र मुम्बईमा उडान गरिरहेको एयरलाइन्सले थप क्षेत्रमा उडान गर्नका लागि प्रक्रिया अघि बढएको हो। थप दुई न्यारोबडी जहाज खरिदका लागि योजना बनाइरहेको एयरलाइन्सले चीनको सांघाई, इन्डोनेसिया, श्रीलंका, म्यानमार र कम्बोडियाको अध्ययन अघि बढाएको नेपाल एयरलाइन्सका प्रवक्त नवराज कोइरालाले जानकारी दिए।

हाल एयरबस ३२० दुई र ३३० २ जहाज भएको एयरलाइन्ससँग एउटा बोइङ पनि रहेको छ। एयरबस ३३० बाट जापान, कोरिया र चीनको ग्वाङजाओ उडान गर्ने तयारी गरिरहेको एयरलाइन्सले थप ए ३२० जहाज ल्याएर क्षेत्रीय गन्तव्यमा उडान विस्तार गर्ने योजना अन्तिम चराणमा पु¥याएको छ।

क्षेत्रीय बजारमा साना जहाजबाट बजार बलियो बनाउँदै लिएपछि लामो दुरीमा उडान विस्तार गर्नुपर्ने यसो गर्दामात्र दिगो व्यापार हुने सोचमा रहेका अध्यक्ष मदन खरेलले क्षेत्रीय बजारतर्फ कदम अघि बढाएका छन्।

वैदेशिक रोजगारीमा संकट आउन थालेसँगै श्रमबजार आधारित अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले पर्यटक केन्द्रित बजार खोज्नका लागि पहिलो चरणमा सम्भाव्यता अध्ययन गर्ने छ। त्यसपछि त्यसको ब्यापारीक विश्लेषण भएपछि उडानको योजना बन्ने कोइरालालले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘डिलाइट डेरी ह्वाइटनर’ ई-कमर्स साइटमार्फत खरिद गर्न सकिने

काठमाडौं । सुजल डेरीको उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ दराजलगायत अनलाइनमार्फत खरिद गर्न सक्ने व्यवस्था गरिएको …

प्रतिकृया दिनुहॊस