लक्ष्मी बैंकको ९९औँ शाखा किर्तीपुरमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजालविस्तार गर्ने क्रममा काठमाडौंको किर्तीपुरमा ९९औँ शाखा संचालनमा ल्याएकोे छ ।

यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

योसँगै लक्ष्मी बैंकको शाखा संजाल ४६ जिल्लामा ९९शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जी-२० को समर्थनप्राप्त एसएमई फाइनान्स फोरमको सदस्य बन्यो नेपाल बैंकर्स संघ

काठमाडाैं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको …

प्रतिकृया दिनुहॊस