सरकारको आफ्नै ‘ई–पेमेन्ट गेटवे’

काठमाडौं । सरकारले सरकारी दस्तुर संकलन गर्न आफ्नै ‘ई–पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले सफ्टेवर निर्माण गरी परीक्षण गर्न थालेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रदास पोख्रेलले ई–पेमेन्ट गेटवेका लागि आवश्यक सफ्टवेयर निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए ।  ‘सफ्टवेयर निर्माणको कार्य सम्पन्न गरी पहिलोचरणमा परीक्षणका लागि काम शुरु भएको छ, उनले भने, ‘परीक्षण गर्न सफ्टवेयरलाई राष्ट्रिय वाणिज्य बैंकसँग जोडिनुपर्ने भएकाले त्यो काम गत बुधबार मात्रै समपन्न भएको छ ।’

सरकार दस्तुर बुझाउने माध्यमका रुपमा केन्द्रले यसको विकास गरेको पोख्रेलको भनाइ छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री