संस्थागत सामाजिक उत्तरदायीत्वका विविध कार्यक्रममा ओम डेभलपमेन्ट बैंक

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमका साथै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको हो ।

बैंकले कास्कीेको माछापुच्छ«े गाउँपालिका घाचोक र पोखरा महानगरपालीका २१ निर्मलपोखरीका स्थानीयहरुलाई बैंकका कर्मचारी पदम जि.सि. र बामदेब पौडेलले बित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी दिएका हुन् । साथै बैंकले चितवनको रत्ननगर १६ भद्रकाली मा.वि.का विधार्थी, सोही वडाका आमा समुह, टोल विकास समितिका सदस्यहरुका बीच वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको हो । बैकले लमजुङको दोर्दी तान्जेमा अवस्थित वाल विकास प्राथमिक विधालयलाई फिल्टर र बिधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

बैंकले यस अघि पनि चितवन भरतपुरको नयाँ किरण मा.वि., पोखरा महानगरपालिका, २६ मा रहेको लक्ष्मी मा.वि र वडा नम्बर २८ मा जनज्योति मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds