एनआई सी एसिया बैंक र उद्यमशील महिला महासंघबीच सम्झौता

काठमाडौं । एनआई सी एसिया बैंकले महिलाहरूलाई उद्यमशील बनाउने नयाँ योजना सार्वजनिक गरेको छ । आइतबार बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको हो ।

सोसम्बन्धी सम्झौतापत्रमा एनआई सी एसिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देविका बुढाथोकीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो बैंक पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल भएको छ ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकताअनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा रू. २ लाखदेखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइनेछ ।

यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयन माल्याएको सहुलियतपुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds