आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आफ्नो हकमाभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकको रकम फागुन १२ गतेदेखि फिर्ता हुने भएको छ ।

कम्पनीले हकप्रद शेयरको बाँडफाँट फागुन ९ गते भएको हो । कम्पनीले १० बराबर ८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

रितपूर्वक आवेदन दिने २ हजार ८४२ जना शेयरधनीलाई ४२ लाख १७ हजार ६६३ कित्ता शेयर बाँडफाँट भएको छ । कम्पनीले बाँकी रहेको १ लाख २ हजार ३६४ कित्ता शेयर लिलामीमा विक्री ल्याउनेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ तीन दिने “इम्प्लोइ …

प्रतिकृया दिनुहॊस