थप नौ जिल्लामा बिमा कार्यक्रम सञ्चालन हुँदै

काठमाडौं  ।   आगामी चैत मसान्तभित्रमा स्वास्थ्य बिमा बोर्डले थप नौ जिल्लामा बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती जिल्लामा स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, संखुवासभा, र मोरङ रहेका छन् ।

स्याङ्जा जिल्लामा आगामी आइतबार बिमा कार्यक्रमको शुभारम्भ हुँदै छ । सिराहा र धनुषा जिल्लामा हालै मात्र बिमा कार्यक्रम शुभारम्भ भएको थियो । नवनियुक्त बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सो जानकारी दिँदै सबै जिल्लामा बिमाको कार्यक्रम सञ्चालन हुने बताए ।

संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार रहेको छ । यही अधिकारलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिमा कार्यक्रमलाई उच्च प्राथमितामा राख्दै सबै जिल्लामा बिमाका कार्यक्रममार्फत आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जनतालाई ल्याउने नीति लिएको उनको छ ।

वर्तमान सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा चालू आवभित्र सबै जिल्लामा बिमा कार्यक्रम सञ्चालन गर्ने रहेको छ । हालसम्म विभिन्न ३८ जिल्लामा बिमा कार्यक्रममार्फत १७ लाख भन्दा बढी बिमित भइसकेको बोर्डले जनाएको छ । २०७४ सालमा यो संख्या करिब ७ लाख मात्र रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री