काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पश्चात बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
साथै,उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
प्रतिकृया दिनुहॊस