सिटिजन्स बैंकको दाङका तिन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले दाङका तीन वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, श्री जनकल्याण प्राथमिक विद्यालय सौडियार र श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर सहयोग गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउन उदेश्यले कम्प्युटर सहयोग गरेको बैंकले बताएको छ । कम्प्युटर सहयोग सँगै उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनिे संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम संचालन गर्दै जाने प्रतिवद्धता गरेको बैंकल छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको बैंकले देशभर रहेका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख सेवाग्राहिलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेकोे छ । यसका साथै बैंकिङ सेवालाई प्रभावकारी बनाउने उदेश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस