शिव परियारको ‘तिमी नै मेरो सास हौ’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित गायक शिव परियारको नयाँ गीत ‘तिमी नै मेरो सास हौ’को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्नो दर्शक तथा स्रोतालाई प्रेम दिवसको उपहार भएको गायक परियारले बताए। गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको  संगीत तथा एरेन्ज रहेको छ। ‘आँसुको अर्थ’बाट चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले उक्त गीतको भिडियोमा अभिनय रहेकाे छ। शिवकै स्वरमा रहेको ‘आशुको अर्थ’ बोलको गीतले केही समयअघि मात्रै एक करोडभन्दा बढी भ्युज पाएको थियो।

गायक परियारको शिवालय एल्बममा समावेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको रोमान्स देख्न सकिन्छ। सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ। बुद्ध थापाले छायाकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्। भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ। भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

भिडियो

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after